काठमाडौं, वैशाख ३१ : काठमाडौं महानगरपालिकाको प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार अगाडि देखिएका छन् ।
भृकुटीमण्डपको राष्ट्रिय सभा गृहस्थित मतगणनास्थलबाट प्राप्त जानकारी अनुसार महानगर प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले १९५ मत प्राप्त गर्नुभएको छ ।
नेपाली कांग्रेसका सिर्जना सिंहले १३५ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमले)का केशव स्थापितले १११ मत प्राप्त गर्नुभएको छ ।
शनिबार दिउँसो ४ः२५ बजेसम्म करिब पाँच सय मतगणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले २३ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३० मत प्राप्त गर्नुभएको छ ।
महानगरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छैन ।