फुङ्लिङ, वैशाख ३१ : शुक्रबार भएको स्थानीय तहको निर्वाचनको ताप्लेजुङमा मतगणना सुरु भएको छ । मेरिदेन र आठराई त्रिवेणी गाउँपालिकामा गएरातिदेखि मतगणना सुरु भएको छ । नौ स्थानीय तहमध्ये मेरिङदेनमा ५०० मतगणना भएको छ जिल्ला निर्वाचन कार्यालयले ताप्लेजुङले जनाएको छ ।
आठराई त्रिवेणी गाउँपालिकामा पनि मतगणना सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ । फुङ्लिङ नगरपालिका सहित सात स्थानीय तहमा भने सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जिल्ला निर्वाचन आयोगले जनाएको छ ।