पाँच किरियापुत्रीद्वारा मतदान

  बैशाख ३०, २०७९

लमजुङ, वैशाख ३० : गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पाँच किरियापुत्रीले मतदान गरेका छन् । जिल्लाको राइनास नगरपालिका–४ स्थित सौभाग्यदोय मावि रहेको (क) र (ख) मा गरेर दुई पुरुष र तीन महिला गरी सात दिनका किरियापुत्रीहरुले मतदान गरेका हुन् ।

उक्त केन्द्रको (क) बुथमा मतदान अधिकृत दीपेन्द्र श्रेष्ठका अनुसार चन्द्र कुमाल र आसमाया कुँवर र (ख) बुथमा हरि, चितरी र हर्के कुमालले मतदान गरेका हुन् । उहाँहरुको बुबाको मृत्यु भएको आज सात दिन पुगेको बताइएको छ । उक्त (क) र (ख) मा गरेर एक हजार ३२७ जना मतदाता रहेकामा (क) मा ४९६ मत र (ख) मा ५०५ मत मात्र खसेको उक्त (क) बुथमा मतदान अधिकृत श्रेष्ठको भनाइ छ ।

तपाईको प्रतिक्रिया