काठमाडौं, वैशाख २९ : दिवाकर भट्टराईले निर्देशनमा बन्ने फिल्म ‘हनी बनी’ मा नायकको रुपमा बलिउड अभिनेता अभिमन्यू तोमार अनुबन्धित हुनुभएको छ । तोमार नेपाली अभिनेत्री जसिता गुरुङसँग देखिनुहुनेछन् । फिल्ममा सलोन बस्नेतकोसमेत मुख्य भूमिका रहनेछ ।
बलिउडमा मोडलिङ गरिरहेका अभिमन्यूले ‘लैजा मजनु’ नामक सिनेमाबाट बलिउड र गीत ‘याद पियाकी आने लगी’ लगायतका थुप्रै भिडियोमा मोडलिङ गर्नुभएको छ । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।