मतदाता रिझाउने कसरतमा उम्मेदवार

  बैशाख २५, २०७९

बैतडी, वैशाख २५ : आसन्न स्थानीय तहको निर्वाचनका उम्मेदवार आफ्नो पक्षमा भोट माग्न अन्तिम कसरतमा छन् । मत खसाल्ने दिन नजिक आएका बेला उम्मेदवारले घरदैलो अभियानलाई तीव्रता दिँदै अन्तिम कसरतमा जुटेका हुन् । जिल्लाका १० वटै स्थानीय तहमा उम्मेदवार भोट माग्न अहिले घरदैलो अभियानमार्फत अन्तिम कसरतमा रहेका नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिनुभयो । चुनावी तालमेल भएका पालिकामा संयुक्तरुपमा चुनावीसभा र घरदैलो अभियान सञ्चालन भइरहेको चन्दको भनाइ छ ।

प्रतिबद्धतापत्र सार्वजनिक गरेर घरदैलो अभियान सञ्चालन गरेर मत मागिरहेको दोगडाकेदार गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार देवराज जोशीले बताउनुभयो । जनताको आवश्यकताअनुसार प्रतिबद्धतापत्र बनाएको र स्थानीयका समस्या बुझ्ने र भोट माग्ने उद्देश्यसहित घरदैलो गरिरहेका उहाँको भनाइ छ ।

यस्तै नेकपा ९एमाले०ले पनि १० वटै स्थानीय तहका उम्मेदवार घरदैलो अभियानलाई तीव्रता दिएको जनाएको छ । निर्वाचनको मिति नजिकिएसँगै मत माग्ने कार्यलाई अन्तिम चरणमा पुगेको दोगडाकेदार गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार चक्र कार्कीले बताउनुभयो । जिल्लाका सबैजसो ठाउँमा आफ्ना उम्मेदवार आफ्ना चुनावी एजेण्डासहित घरदैलोमा व्यस्त रहेका चन्दको नेकपा ९माओवादी केन्द्र०का जिल्ला संयोजक शङ्कर भण्डारीले बताउनुभयो ।

नेकपा ९एकीकृत समाजवादी० पनि मत माग्न अन्तिम कसरतमा जुटेको उक्त पार्टीका जिल्ला इञ्चार्ज प्रमानन्द भट्टले बताउनुभयो । राप्रपाले पनि जिल्लाका विभिन्न ठाउँमा चुनावीसभा सम्पन्न गरेको र हाल घरदैलो अभियानमा रहेको राप्रपाका जिल्ला अध्यक्ष इन्द्रदेवशरण भट्टले बताउनुभयो ।

यस्तै जिल्लामा स्वतन्त्र उम्मेदवारले पनि चुनावी अभियानलाई अन्तिम चरणमा पुगेको बताएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार बनेका सन्तोसप्रकाश जोशीले घरदैलो अभियानलाई तीव्रता दिएको जनाएको छ । घरदैलो अभियानका साथै साङ्गीतिक कार्यक्रमसहित चुनावीसभाको आयोजना गरिएको छ ।

वैशाख २६ गते सिमार र २७ गते धामीगाउँमा साङ्गीतिक कार्यक्रम राखिएको उहाँले बताउनुभयो । जिल्लाका केही स्थानीय तहमा दलले चुनावी तालमेल गरेका छन् भने केही स्थानीय तहमा एक्लै चुनावी मैदानमा रहेका छन् ।

एमालेले सुर्नयामा राप्रपासँग चुनावी तालमेल गरेको छ । गठबन्धन दलले जिल्लाको दोगडाकेदार, पञ्चेश्वर र डिलाशैनी गाउँपालिकामा तालमेल गरेको छ ।जिल्लाका १० स्थानीय तहमा १० पालिका प्रमुख ,१० उपप्रमुख, ८४ वडाध्यक्ष र ३३६ वडा सदस्य गरी ४४० पदका लागि निर्वाचन हुँदैछ ।

तपाईको प्रतिक्रिया