कैलाली, वैशाख १९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनगढी उपमहानगरपालिकाका नगरप्रमुखका उम्मेदवार नृपबहादुर वडले अबको पाँच वर्षमा धनगढीलाई महानगरपालिका बनाउने आफ्नो सङ्कल्प गर्नुभएको छ । धनगढीमा आज आयोजित सत्ता गठबन्धनको संयुक्त प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा वडले भौतिक संरचना निर्माणको जगमा रही धनगढीलाई महानगरपालिका बनाउन पूरा गर्ने सङ्कल्प व्यक्त गर्नुभयो ।
उहाँले पहिलो पटक निर्वाचित भएर आएको पाँच वर्षमा उपमहानगरपालिकालाई समृद्ध, सुन्दर र व्यवस्थित नमूना सहरका रुपमा विकास गर्न आवश्यक सबै भौतिक संरचनाहरू तयार गर्ने बताउनुभयो । नेकपा (माओवादी केन्द्र)बाट उपप्रमुखकी उम्मेदवार रहेकी शान्ति अधिकारीले घोषणापत्रमा उल्लेख गरेका बुँदागत रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।