नेपालमा रहेका विदेशीकाे तथ्याङ्क संकलन गर्न निर्देशन, आफ्नै देश फर्काइने

  चैत १४, २०७६

काठमाडौँ, चैत १४ : सरकारले देशका विभिन्न स्थानमा रहेका विदेशी नागरिकको तथ्याङ्क सङ्कलन गरी जानकारी दिन स्थानीय तहलाई निर्देशन दिएको छ । नेपालमा रहेका विदेशीको तथ्याङ्क लिएर परराष्ट्र मन्त्रायमार्फत् दूतावाससँग समन्वय गरी उनीहरुलाई आफ्नै देश फर्काइने छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सो निर्णय गरेको हो । लकडाउनका कारण विभिन्न स्थानमा अलपत्र परेका विदेशी नागरिकलाई हवाई उद्धार गरी फिर्ता पठाउने कार्यको थालनी गरिसकेको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव तथा समन्वय समितिका सदस्य सचिव नारायण विडारीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको पश्चिमाञ्चल अस्पताललाई कोरोना भाइरस उपचारको ‘डेडिकेटेट’ अस्पतालको रुपमा विकास गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया