केराबारी गापको निर्वाचन स्थगित

  बैशाख १६, २०७९

विराटनगर, वैशाख १६ : आसन्न स्थानीय तहको निर्वाचनका उम्मेदवार नवीन लिङ्देनलिम्बूको मृत्यु भएपछि निर्वाचनका सबै कार्यक्रम रोकिएको छ ।

मोरङको केराबारी गाउँपालिका–२ मा वडा सदस्य पदका लागि उम्मेदवारी दिनुभएको नेपाली कांग्रेसका ३८ वर्षीय लिङ्देनलिम्बूको आज मृत्यु भएपछि निर्वाचनको सबै काम रोकिएको पालिका निर्वाचन अधिकृत भानुभक्त न्यौपानेले जानकारी दिनुभयो । निर्वाचन आयोगबाट आउने निर्देशनपछि पुनः निर्वाचनको कार्यक्रम अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया