खलङ्गा, वैशाख १५ : आसन्न स्थानीय तहको निर्वाचनमा चन्दननाथ नगरपालिकाको नगरप्रमुखमा जयालक्ष्मी चौलागाईंले एकीकृत ९समाजवादी० पार्टीबाट नगरप्रमुख पदमा उम्मेदवारी दिनुभएको छ । उपप्रमुखमा सोही पार्टीले भीम थापालाई उम्मेदवारीको मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै नेकपा ९एमाले० जुम्लाले गुठिचौर गाउँपालिकामा महिलालाई अध्यक्षको उम्मेदवार बनाएको छ । झुनमाया जैसीले एमालेको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएको बताउनुभयो
जिल्लाको एक मात्र चन्दननाथ नगरपालिकामा ५२ पदका लागि २६८ जनाको उम्मेदवारी परेको छ । नगरप्रमुख, उप्रमुख, वडाध्यक्ष, दलित सदस्य, महिला सदस्य र खुला सदस्य गरी ५२ पदका लागि २६८ जनामध्ये ५४ जना महिलाको उम्मेदवारी परेको मुख्य निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
एक नगरप्रमुखका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । एक नगर उपप्रमुखका लागि ८ जनामध्ये ६ जना महिलाले उम्मेदवारी दर्ता गरेकाछन् । यस्तै नगरपालिका १० वडामा विभाजित छ । १० वडाध्यक्षको पदका लागि ७० जनामध्ये ३ जना महिलाको उम्मदवारी परेको छ । नगरपालिकाको १० वडामध्ये सबै भन्दा बढी १० नम्बर वडामा १० जनाको उम्मेदवारी परेको छ ।
सबै भन्दा कम ६ नम्बर वडामा चार जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । सदस्यमा १० वडाबाट ९४ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा ४७ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका सहायक मुख्य निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले जानकारी दिनुभयो ।