जलेश्वर, चैत १३ : महोत्तरीमा लकडाउनको अवज्ञा गर्ने ५०० बढी सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको अवज्ञा गर्दै सवारी चलाउने ५०० सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
उहाँले नियन्त्रणमा लिएका सबै सवारी साधन एक सातापश्चात् सवारीधनीलाई बुझाउने बताउनुभयो । साथै यदि सरकारले लकडाउनको म्याद थप गरेमा त्यसपछि मात्रै सवारी साधन धनीलाई बुझाउने प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।
अवज्ञा गर्ने सवारी साधनमा सबैभन्दा बढी सदरमुकाम जलेश्वर, त्यसपछि बर्दिबास, गौशाला, मटिहानी, सम्सी, पिपरालगायत बजार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।