नवलपुर, वैशाख १३ : आसन्न स्थानीय तह निर्वाचनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा एक हजार ३०० भन्दा बढीको उम्मेदवारी परेको छ ।
चार वटा नगरपालिका र चार वटा गाउँपालिका रहेको जिल्लामा विभिन्न पदमा गरी कूल एक हजार ३६० को उम्मेदवारी परेको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाको चारवटा पालिका प्रमुखमा ३४ तथा उपप्रमुखमा २३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै चारवटा गाउँपालिका उपाध्यक्षमा १९ जनाको उम्मेदवारी परेको कार्यालयले जनाएको छ ।
त्यसैगरी, वडाध्यक्ष पदका लागि ३१७, सदस्यमा ५२२, महिला सदस्यमा २२१, दलित महिला सदस्यमा २०० जनाको उम्मेदवारी परेको छ ।
जिल्लाका आठ स्थानीय तहका ९२ वटा वडामा ४७६ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेदवारी मनोनयनका लागि समय तोकेको थियो ।