भरतपुरमा गठबन्धनको उम्मेदवारी दर्ता

  बैशाख १२, २०७९

चितवन, वैशाख १२ : भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको साझा उम्मेदवारम रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँले सोमबार  सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्तासहित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नुभएको हो ।

मनोनयन दर्ता गर्न नेपाली कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले, गठबन्धनका उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी, माओवादी केन्द्रका नेता तथा प्रदेश मन्त्री घनश्याम दाहाल, नेपाली काँग्रेस जिल्ला सभापती राजेश्वर खनालको उपस्थिति थियो ।

यसअघि नै भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का तर्फबाट विजय सुवेदीले मनोनयन दर्ता गर्नुभएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उहाँले मनोयन दर्ता गराउनुभएको हो ।

तपाईको प्रतिक्रिया