ललितपुर महानगर प्रमुखमा चिरीबाबुको उम्मेदवारी

  बैशाख १२, २०७९

ललितपुर, वैशाख १२ : ललितपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन (नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र)बाट चिरीबाबु महर्जनले उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमबार दिउँसो समर्थकसहित चिरीबाबुले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँ निवर्तमान नगर प्रमुख हुनुहुन्छ ।

यसैगरी ललितपुर महानगरपालिकाको प्रमुख पदमा ११ जनाको उम्मेदवारी परेको छ । यसअघि १० जनाले प्रमुख पदको लागि उम्मेदवारी दर्ता गराएका थिए । ललितपुर महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)बाट हरिकृष्ण ब्यान्जनकार र उपप्रमुखमा अन्जली शाक्यले उम्मेदवारी दिनुभएको छ । ललितपुर महानगरपालिकाका उपप्रमुख पदमा ७ जनाको उम्मेदवारी परेको ललितपुर महानगरका सहायक निर्वाचन अधिकृत विष्णु पाण्डेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया