काठमाडौं महानगरको अपिल- बाहिर ननिस्कनुस्, कोरोनाको शंका भए फोन गर्नुस्

  चैत ११, २०७६

काठमाडौं, चैत ११ : कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई जनशक्ति र स्वास्थ्य सामाग्रीसहित तयारी अवस्थामा राखिएको छ ।

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज एक अपिल जारी गर्दै महामारीको आशंका लागे सहयोगका लागि आफू, उपप्रमुख, वडाध्यक्ष वा कार्यपालिका सदस्यलाई सम्पर्क गर्न टेलिफोन नम्बर उपलब्ध समेत गराउनुभएको छ ।

महामारी रोकथाम र निर्मूल गर्न नेपाल सरकारले २०७६ चैत ११ गते विहान ६ बजेदेखि चैत्र १८ गते विहान ६ बजेसम्मका लागि लागू हुने गरी दिएको निर्देशनलाई स्वागत गर्दै प्रमुख शाक्यले अपिलमार्फत् नगरबासीलाई सुरक्षित र संयमतापूर्वक आ–आफ्नै घरमा बसेर महामारीविरुद्धको अभियानमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई जनशक्ति र स्वास्थ्य सामाग्रीसहित तयारी अवस्थामा राखिएको छ । काठमाडौँ महानगरको टोल फ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ ।

कोरोना संक्रमणको आशंका भएमा काठमाडौँ महानगरपालिकाको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिने व्यवस्था समेत मिलाइएको छ । अपिलमा महामारी नियन्त्रणका लागि महानगरका प्रयास उल्लेख गर्दै मेयर शाक्यले अपिलमार्फत सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने औषधि र खाद्यान्नको अभाव हुन नदिई सुलभ तरिकाले विक्री वितरण गर्न व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

अपिलको पूर्ण पाठ
विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई नेपालमा फैलिन नदिन नेपाल सरकारले संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निमूल गर्न मिति २०७६ चैत ११ गते विहान ६ बजेदेखि चैत्र १८ गते विहान ६ बजेसम्मका लागि लागु हुने गरी दिएको निर्देशन स्वागत योग्य छ ।

कोरोना भाइरसको प्राणघातक महामारीबाट नागरिकलाई जोगाउन सरकारले जारी गरेको उक्त निर्देशनलाई पालना गरी सो अवधिभर सम्पूर्ण नगरवासीहरू सुरक्षित र संयमतापूर्वक आ–आफ्नै घरमा बसी महामारी विरुद्धको अभियानलाई सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछु । आफू, आफ्ना प्रिय परिवार र आफ्ना टोल छिमेकलाई समेत कोरोना भाइरसको संक्रमणबाट टाढा राख्न संसारभरि नै अहिले ‘लकडाउन’ नीतिलाई अख्तियार गरिएको सर्वविदितै छ । यसै सन्दर्भमा सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने औषधी र खाद्यान्नको अभाव हुन नदिई सुलभ तरिकाले बिक्री वितरण गरिदिनु हुन सम्बद्ध व्यवसायीहरूलाई समेत हार्दिक अनुरोध गर्दछु ।

सम्भावित महामारीका विरुद्ध सचेत र सतर्क भई प्रतिरोध गर्नुपर्ने यस अवस्थामा नगरवासीलाई आइपर्न सक्ने कुनै पनि समस्या र अप्ठ्यारोमा सहयोग गर्न काठमाडौं महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीवर्गलाई सतर्क अवस्थामा रहिरहन पनि निर्देशन गर्दछु ।

कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई जनशक्ति र स्वास्थ्य सामाग्रीसहित तयारी अवस्थामा राखिएको छ । काठमाडौँ महानगरको टोल फ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमणको आशंका भएमा काठमाडौँ महानगरपालिकाको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिने व्यवस्था समेत मिलाइएको छ ।

लकडाउन अवधिमा कुनै पनि नगरवासीलाई केही समस्या आइपरे सहयोगका लागि आफ्ना जनप्रतिनिधिहरूलाई सीधा सम्पर्क गर्न सक्नुहुनेछ । यसका लागि महानगरका प्रमुख, उपप्रमुख तथा सबै जनप्रतिनिधिहरूको निम्न फोन नम्बरहरू खुला रहने जानकारी अवगत गराउन चाहन्छु ।

प्रमुख/उपप्रमुख –
विद्यासुन्दर शाक्य – ९८५१२७९९००
हरिप्रभा खड्गी श्रेष्ठ – ९८५१२७९८९९

वडा अध्यक्षहरू –
१) भरतलाल श्रेष्ठ – ९८५१२७९९०१ २) राजेन्द्रकुमार श्रेष्ठ ९८५१२७९९०२
३) दिपक के.सी. – ९८५१२७९९०३ ४) मोहन बिष्ट – ९८५१२७९९०४
५) रमेश डंगोल – ९८५१२७९९०५ ६) दिपेन्द्र लामा – ९८५१२७९९०६
७) शुद्ध डंगोल – ९८५१२७९९०७ ८) दिनेशकुमार डंगोल – ९८५१२७९९०८
९) रामकृष्ण जयखु श्रेष्ठ – ९८५१२७९९०९ १०) रामकुमार के.सी. – ९८५१२७९९१०
११) हिरालाल तण्डुकार – ९८५१२७९९११ १२) विकास डंगोल – ९८५१२७९९१२
१३) ध्रुवनारायण मानन्धर – ९८५१२७९९१३ १४) शोभा सापकोटा – ९८५१२७९९१४
१५) इश्वरमान डंगोल – ९८५१२७९९१५ १६) मुकुन्द रिजाल – ९८५१२७९९१६
१७) नवीन मानन्धर – ९८५१२७९९१७ १८) न्हुछेकाजी महर्जन – ९८५१२७९९१८
१९) शशिलाल श्रेष्ठ – ९८५१२७९९१९ २०) राजेन्द्र मानन्धर – ९८५१२७९९२०
२१) उदयचुडामणि वज्राचार्य – ९८५१२७९९२१ २२) चिनीकाजी महर्जन – ९८५१२७९९२२
२३) मचाराजा महर्जन – ९८५१२७९९२३ २४) बालकृष्ण श्रेष्ठ – ९८५१२७९९२४
२५) नीलकाजी शाक्य – ९८५१२७९९२५ २६) ख्यामराज तिवारी – ९८५१२७९९२६
२७) चिनियामान वज्राचार्य – ९८५१२७९९२७ २८) भाइराम खड्गी – ९८५१२७९९२८
२९) कुश ढकाल – ९८५१२७९९२९ ३०) दलबहादुर कार्की – ९८५१२७९९३०
३१) नारायणप्रसाद भण्डारी – ९८५१२७९९३१ ३२) नवराज पराजुली – ९८५१२७९९३२

कार्यपालिका सदस्यहरू ः
लक्ष्मी श्रेष्ठ – ९८५१२७९९५१ रमिताकमल स्थापित – ९८५१२७९९५२
रश्मी खड्का – ९८५१२७९९५३ कान्ता अधिकारी गौतम – ९८५१२७९९५४
हिरादेवी पोखरेल – ९८५१२७९९५५ पासाङ नूर्वु लामा – ९८५१२७९९५६
दिपक गोर्खाली राई – ९८५१२७९९५७ प्रेम पोडे पुजारी – ९८५१२७९९५८

विद्यासुन्दर शाक्य
प्रमुख
काठमाडौं महानगरपालिका
मिति – ११ चैत्र, २०७६

तपाईको प्रतिक्रिया