‘लायन्स कप’ अन्तर्राष्ट्रिय भलिबलमा दुई विदेशीसहित छ टोलीले प्रतिस्पर्धा गर्दै

  ५ घण्टा अगाडि

कास्की, १६ वैशाख : पोखरामा यही वैशाख १८ देखि पहिलो संस्करणको ‘लायन्स कप’ अन्तरराष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा रङ्गशालाको बहुउद्देश्शीय हलमा यही वैशाख २२ गतेसम्म ‘लिग कम नकआउट’ मा खेलाइने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एम’का गर्भनर चण्डीप्रसाद अर्यालले प्रतियोगितामा दुई विदेशीसहित छ टोलीको सहभागिता रहने उहाँले बताउनुभयो । उहाँका अनुसार विदेशी टोलीमा इरान र भारतको टोली रहेको छ । यसैगरी गण्डकी प्रदेश भलिबल सङ्घ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले नगद रु चार लाख ४४ हजार चार सय ४४ सिल्ड, मेडल तथा ट्रफी प्राप्त गर्नेछ । यसैगरी उपविजेताले नगद रु दुई लाख ४४ हजार चार सय, सिल्ड, मेडल तथा ट्रफी हात पार्नेछ ।

तृतीय हुने टोलीले नगद रु एक लाख ४४ हजार चार सय ४४ सिल्ड, मेडल तथा ट्रफीद्वारा पाउने छ । विधागततर्फ उत्कृष्ट पाँच विधामा जनही रु आठ हजार चार सय ४४ का दरले नगद पुरस्कार प्रदान गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया