पूर्व प्रधानमन्त्री भट्टराई भारत प्रस्थान

  १२ घण्टा अगाडि

काठमाडौँ, १३ वैशाख : पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई भारत प्रस्थान गर्नुभएको छ ।

उहाँ प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिका रूपमा सहभागी हुन आज त्यहाँ जानुभएको पार्टी उपाध्यक्ष मानुषी यमीले जानकारी दिनुभयो । आइतबारदेखि भारतको फरिदावादमा समाजको अधिवेशन सुरु हुँदै छ ।

डा. भट्टराईका साथ  उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी र सचिव एवं प्रवास प्रदेशअन्तरगत भारतका इन्चार्ज शन्देश कार्की हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया