‘छिन्नलता गीत पुरस्कार’ घोषणा

  २२ घण्टा अगाडि

काठमाडौँ, ९ वैशाख : छिन्नलता गीत पुरस्कार गुठीले विसं २०८१ को ‘छिन्नलता गीत पुरस्कार’ विभिन्न श्रष्टालाई प्रदान गर्ने घोषणा गरेको छ ।

गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको अध्यक्षतामा भएको साधारणसभाले गीत रचनातर्फ राजेन्द्र रिजाल, सङ्गीततर्फ आभास (अच्युत फुयाँल) तथा गायनका लागि इतु जोजिजु र रामभक्त जोजिजुलाई प्रदान गर्ने निर्णय गरेको गुठीका सचिव दिनेश अधिकारीले जानकारी दिनुभयो ।

उक्त पुरस्कारको राशि एक लाख नगद र प्रमाणपत्र रहेको छ । त्यस्तै, गुठीले ‘युवा प्रतिभा पुरस्कार’ एसडी योगीलाई लोकप्रिय गीत ‘रुकुम मैकोट’ को सङ्गीत र स्वरका निम्ति प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त पुरस्कारको राशि रु ५० हजार नगद र प्रमाणपत्र छ । गुठीका संस्थापक तथा गीतकार रमोलादेवी शाहको जन्मजयन्तीका अवसरमा आगामी असार २२ गते हरिबोधनी एकादशीका दिन उक्त पुरस्कार प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया