रुपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता

  ६ घण्टा अगाडि

रुपन्देही, ८ वैशाख : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका छन् ।

सोमबार दिउँसो नदिमा बेपत्ता बालकहरुको खोजीकार्यका लागि सशस्त्र प्रहरी खटिएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

बेपत्ता भएकाहरुमा सोही ठाउँ बस्ने १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन छन् । उनीहरु सो नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो करिब १२ः३०  बजे बेपत्ता भएको बताइएको छ । 

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्थातालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगेर उनीहरुको खोजीकार्यमा परिचालन भएको छ ।

तपाईको प्रतिक्रिया