गाजामा इजरायली भएको हमलामा २५ जनाको मृत्यु

  बैशाख ०४, २०८२

गाजा, ४ वैशाख : इजरायलले बिहीबार विस्थापित प्यालेस्टिनीहरूका शिविर लक्षित गरी गरेको आक्रमणमा परी कम्तिमा २५ जनाको ज्यान गएको गाजाको नागरिक सुरक्षा एजेन्सीले रिपोर्ट गरेको छ ।

एजेन्सीका प्रवक्ता महमुद बासलले दक्षिणी सहर खान युनूसको अल–मवासी क्षेत्रका  शिविरहरूलाई लक्षित गरी गरिएको आक्रमणमा १६ जनाको मृत्यु भएको बताउनु भएको छ । 

“खान युनूसको अल–मवासी क्षेत्रमा विस्थापित परिवारहरू बस्ने शिविरहरूमा इजरायली मिसाइल प्रहार हुँदा अधिकांश महिला र बालबालिका सहित कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य २३ जना घाइते भएको प्रवक्ता बासलले बताउनु भएको छ ।

उहाँका अनुसार विस्थापित मानिसहरूको अन्य शिविरहरूमा भएको आक्रमणमा परी आठ जनाको ज्यान गएको र अन्य घाइते भएका छन् ।

उत्तरी सहर बेत लाहिया स्थित शिविरमा भएको आक्रमणमा सात जनाको मृत्यु भएको तथा अल–मवासी क्षेत्र नजिकै भएको आक्रमणमा उक्त शिविरमा बस्दै आएका बुवा र बच्चाको मृत्यु भएको बासलले बताउनुभएको छ । रासस/एएफपी

तपाईको प्रतिक्रिया