सुनको मूल्य तोलामा तीन हजार छ सयले बढ्यो

  बैशाख ०४, २०८२

काठमाडौँ, ४  वैशाख : सुनको मूल्य तोलाको एक लाख ९० हजार ६०० पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार मङ्गलबार प्रतितोला एक लाख ८७ हजारमा कारोबार भएको सुन आज तोलामा तीन हजार ६०० ले  एक लाख ९० हजार ६०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको एक हजार ९६० कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा पाँचले बढेर एक हजार ९६० कायम भएको हो । रासस

तपाईको प्रतिक्रिया