काठमाडौँ, १७ चैत : सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) का अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले आज एक सूचना जारी गरी यस्तो जानकारी दिनुभएको हो ।
विसं २०८० माघ २९ को राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ ।