बेइजिङ १२ चैत : पोआओ एशिया फोरम-२०२५ वार्षिक सम्मेलन मार्च २५ मंगलबारबाट सुरू भएको छ ।
४ दिने वार्षिक सम्मेलनमा भाग लिन ६० भन्दा बढी देश र क्षेत्रका २ हजारभन्दा बढी स्वदेशी तथा विदेशी पाहुनाहरू चीनको हाइनान प्रान्तको पोआओ सहरमा भेला भएका छन् । यस पटक सम्मेलनको नारा बदलिँदो विश्वमा एसियाको भविष्यको सहनिर्माण भन्ने रहेको छ ।
विश्व तथा क्षेत्रीय विकास चुनौतीमा केन्द्रित सम्मेलनमा मुख्य रुपमा विकास प्रवर्द्धन, प्रेरक शक्तिको खोजी तथा भविष्यको रुपरेखा जस्ता विषयमा चर्चा हुने जनाइएको छ ।
सम्मेलनका दौरान ५० भन्दा बढी कार्यक्रमहरू आयोजना हुने छ ।