इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु

  २२ घण्टा अगाडि

बेरुत, जेरुसेलम, १२ चैत : लेबनानको नाबातीहमा मङ्गलबार भएको आक्रमणमा हेजबुल्लाहको एक वरिष्ठ सैन्य कमान्डरको मृत्यु भएको सुरक्षा स्रोतले जनाएको छ ।

“एक इजरायली ड्रोनले काकैयत अल–जिसर गाउँमा मिसाइल प्रहार गर्यो, जसमा एक व्यक्तिको मृत्यु भयो,” स्रोतले सिन्ह्वालाई बताएको छ ।

नागरिक रक्षा टोलीहरूले नाबाटीहको अस्पतालमा पु¥याएको शव हिज्बुल्लाह सैन्य कमाण्डर हसन कमाल हलावीको रूपमा पहिचान गरिएको नाम नखुलाइएको स्रोतले जनाएको छ ।

यद्यपि, लेबनानको जनस्वास्थ्य आपतकालीन अपरेशन सेन्टरले एक विज्ञप्तिमा मृत व्यक्ति ‘एक नागरिक’ भएको बताएको छ ।

यसैबीच, इजरायली सेनाले हिजो राति नाबाटीहमा ड्रोन आक्रमण गरी हलावीलाई मारेको पुष्टि गरेको छ ।

“युद्धको क्रममा हलावी इजरायल विरुद्ध धेरै आतङ्कवादी आक्रमणहरूको लागि जिम्मेवार थिए,” सेनाले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

“हालैका महिनाहरूमा हलावीले इजरायली नागरिकहरू विरुद्ध आतङ्कवादी गतिविधिमा संलग्न भएको छ ।”

नोभेम्बर २७, सन २०२४ देखि, हेजबुल्लाह र इजरायल बीच अमेरिका र फ्रान्सेली मध्यस्थतामा युद्धविराम लागू भएको थियो ।

इजरायलले लेबनानी भूभागबाट फिर्ता जानुपर्ने सम्झौताको बाबजुद पनि इजरायली सेनाले फेब्रुअरी १८ को समयसीमाभन्दा बाहिर पनि सीमामा पाँच प्रमुख स्थानहरूमा आफ्नो स्थिति कायम राखेको छ । रासस, सिन्ह्वा

तपाईको प्रतिक्रिया