नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएका छौं : मन्त्री गुरुङ

  १३ घण्टा अगाडि

काठमाडाैँ, ३ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको बताउनुभएको छ । विज्ञापन प्रवर्धनमा विज्ञापन एजेन्सीको भूमिका सम्बन्धी क्षमता विकास कार्यक्रमलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये एक सुशासन कायम हुन नसक्नु रहेको उल्लेख गर्नुभयो । उहाँले अर्थतन्त्रको समस्या सुधार गर्न सरकार लागिपरेको भएपनि वाञ्छित सफलता हासिल गर्न नसकिरहेको बताउनुभयो । 

सरकारले श्रीलङ्का हुनबाट भने जोगाएको जिकिर गर्नुहुँदै उहाँले सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या रहेको उल्लेख गर्नुभयाे । भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीले गर्दा जनतामा निराशा छाएको छ, उहाँले भन्नुभयाे,  “पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये एक सुशासन कायम हुन नसकेर हो भन्नेकुरा हामीले महशुस गरेका छौँ । सुशासन आज सबैभन्दा ठुलो समस्या हो । सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या हो । भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीले गर्दा जनतामा निराशा छ ।”

मन्त्री गुरुङले विद्यमान ऐन, कानुनहरू अस्पष्ट रहेकाले सरकारले त्यसलाई समाधान गर्न आवश्यक काम गरिरहेको बताउनुभयो । 

तपाईको प्रतिक्रिया