राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

  ४ घण्टा अगाडि

काठमाडौँ, २ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न यही चैत ३ गते केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

समसामयिक राजनीति तथा अन्तरराष्ट्रिय परिस्थितिको समीक्षाका साथै पार्टीको कार्यक्रम, नीति, विचार, सिद्धान्त, मूल्यमान्यता, आदर्श र निर्णयलाई जनतासमक्ष पु¥याउन आवश्यक रणनीति तयार गर्न बैठक आह्वान गरिएको केन्द्रीय सदस्य देवेन्द्र प्रधानले जानकारी दिनुभयो ।

पार्टीले उठाउँदै आएका राजनीतिक मुद्दा स्थापित गर्न जनसमुदायबीच सन्तुलित, स्वस्थ र मजबुत सम्बन्ध विस्तारका निम्ति कार्यक्रम ल्याउन बैठकमा छलफल गरिने नेता प्रधानले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया