होलीबाट सङ्कलित रकम विद्यालयको विकासमा खर्च गरिने

  १४ घण्टा अगाडि

बैतडी, २ चैत : जिल्लाको पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर माध्यमिक विद्यालयले होली खेलेर रु तीन लाख १८ हजार आठ सय ५० सङ्कलन गरेको जनाउँदै यो रकम विद्यालयको विकासमा खर्च गरिने बताएको छ ।

विद्यालयले धेरै वर्षदेखि होली खेलेर आर्थिक स्रोत सङ्कलन गर्दै आएको छ । विद्यालयले आफ्नै स्रोतमा छात्रावास सञ्चालन गरेको छ । निजी स्रोतका शिक्षक, छात्रावासलगायत शैक्षिक सामग्री व्यवस्थापनका लागि हरेक वर्ष होली खेलेर रकम सङ्कलन गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले बताउनुभयो ।

यसैगरी, पाटन नगरपालिका–१ मेल्चौरामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयले पनि होली खेलेर रु तीन लाख सङ्कलन गरेको छ । सङ्कलित रकम विद्यालयको शैक्षिक विकासमा खर्च गरिने प्रधानाध्यापक दीपेन्द्रसिंह चाँडले बताउनुभयो ।

तपाईको प्रतिक्रिया