काठमाडौँ, २८ फागुन : बुधबार साँझ काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हावाहुरीसहित पानी परिरहेको छ। गण्डकी, बागमती र कोशी प्रदेशका केही जिल्लामा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गएको महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार प्रिमनसुन सुरु भएकाले यो अवस्थामा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने हुन्छ।
बुधबार साँझ उपत्यकामा हुवाहुरीसहित पानी पर्दा भिजिविलिटी कम हुँदा केही उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका अनुसार हावाहुरीसहित पानी पर्दा आन्तरिक र अन्तर्राष्ट्रियतर्फको हवाई उडान केही समय प्रभावित भएका हुन्। बुधबार दिउँसैदेखि मौसम धुम्म थियो।