नमिबियाविरुद्धको टस जितेर पहिले बलिङ गर्दै नेपाल

  १० घण्टा अगाडि

काठमाडौँ, २८ फागुन : महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्र्तत नामिबियाविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ ।

युगान्डाको एन्टेबे क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जित्दै नामिबियालाई ब्याटिङको निम्तो दिइन् ।

जारी प्रतियोगितामा दुई हार बेहोरेको नेपाल जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रदैछ । नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा युगान्डालाई एक विकेटले पराजित गरेको थियो । त्यसैगरी तेस्रो खेलमा नेपाल हङकङसँग दुई रनले पराजित भएको थियो ।

नेपाल प्रतियोगितामा अघि बढ्नका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ । नामिबियाले पनि नेपालबाहेक अन्य टोलीलाई हराउन सकेको छैन । यसअघि हङकङसँग चार विकेटले पराजित भएको नामिबिया युगान्डासँग एक रनले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया