जापानले विश्वको ‘सबैभन्दा सही’ समय दिने घडी बिक्रीमा

  १२ घण्टा अगाडि

टोकियो, २१ फागुन : विश्वकै ‘सबैभन्दा सही समय’ दिने फराकिलो फ्रिजजस्तै देखिने घडी बुधबार ३३ लाख अमेरिकी डलरमा बिक्रीका लागि राखिएको छ । क्योटोस्थित निर्माता कम्पनी शिमाद्जु कर्पोरेसनका अनुसार ‘एथर क्लक ओसी ०२०’ समयका लागि यति सही छ कि यसलाई एक सेकेन्डले विचलित हुन १० अर्ब वर्ष लाग्नेछ ।

‘स्ट्रोन्टियम अप्टिकल ल्याटिस क्लक’ भनेर चिनिने यो घडी सेकेन्ड परिभाषित गर्ने हालको मानक सीजियम आणविक घडीभन्दा १०० गुणा बढी सही भएको शिमादजु कर्पोरेसन ले जनाएको छ । ‘कभर’सहित करिब एक मिटर (तीन फिट) अग्लो यो घडी मेसिनको आयतन २५० लिटर क्षमताको मात्र छ यो अनुसन्धानको क्षेत्रमा पनि प्रयोग गर्न सकिन्छ ।

शिमाद्जुले आगामी तीन वर्षमा आफ्ना १० वटा घडी बिक्री गर्ने लक्ष्य राखेको छ । ग्राहकहरूले टेक्टोनिक गतिविधिको अवलोकन जस्ता क्षेत्रहरूमा वैज्ञानिक अनुसन्धानलाई अगाडि बढाउन ती घडीहरू प्रयोग गर्न उपयागी हुने कम्पनीले बताएको छ । टोकियोको प्रसिद्ध स्काइ ‘ट्री’मा यसअघि सापेक्षताको सामान्य सिद्धान्तको परीक्षण गर्न अप्टिकल जाली घडीहरू जडान गरिएको थियो । परीक्षणपछि ‘बलियो गुरुत्वाकर्षण भएको ठाउँमा समय बिस्तारै बग्छ’ भन्ने निष्कर्ष निकालिएको थियो । रासस

तपाईको प्रतिक्रिया