अन्तर्राष्ट्रिय क्रिकेटलाई स्मिथको बाइ बाइ

  १३ घण्टा अगाडि

काठमाडौँ, २१ फागुन : अस्ट्रेलियन क्रिकेट कप्तान स्टिभ स्मिथले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्नुभएको छ ।

आइसिसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा भारतसँग पराजित भएपछि स्मिथले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय करियरलाई विश्राम दिने निर्णय गर्नुभएको हो ।अस्ट्रेलियाका नियमित कप्तान प्याट कमिन्सको अनुपस्थितिमा स्मिथले च्याम्पियन्स ट्रफीमा टोलीको नेतृत्व गर्नुभएको थियो ।

उहाँले आफ्नो अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ७३ रन बनाउनुभयो । दुबईमा जारी आइसिसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा मङ्गलबार अस्ट्रेलिया भारतसँग चार विकेटले पराजित भएको थियो ।

स्मिथले एक सय ७० एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १२ शतक र ३५ अर्धशतकसहित पाँच हजार आठ सय रन बनाउनुभएको छ । स्मिथले सन् २०१० मा वेस्ट इन्डिजविरुद्धको खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्नुभएको थियो ।

अस्ट्रेलियाले सन् २०१५ र २०२३ को आइसिसी एकदिवसीय विश्वकप जित्दा स्मिथ टोलीको महत्वपूर्ण खेलाडी हुनुहुन्थ्यो । एजेन्सी

तपाईको प्रतिक्रिया