काठमाडौँ, १८ फागुन : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईले आफ्नो चरित्र हत्या गरेको भन्दै पूर्वअध्यक्ष गणेश थापाले राईविरुद्ध आइतबार उजुरी दिनुभएको छ ।
थापाले आफूलाई अध्यक्ष हुँदा १७ करोड रुपियाँ हिनामिना गरेको र सम्पित्ति शुद्धीकरण विभागको छानबिनपछि आठ करोड रुपियाँ एन्फाको बैँक खातामा जम्मा गरेको भन्दै महासचिव राईले आधारहिन अरोप लगाएर चरित्र हत्या गर्ने प्रयास गरेको पनि उल्लेख गर्नुभएको छ ।
थापाले राईविरुद्ध भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्यूरोमा कानुनबमोजिम छानबिन गरी कारबाहीका लागि उजुरी दिनुभएको हो । थापाले बिनाप्रमाण आफ्नो चरित्र हत्या गर्ने काम भएको भन्दै आइतबार विज्ञप्ती पनि जारी गर्नुभएको छ । गोरखापत्र अनलाइन
