विधिको शासनका लागि गृह संयन्त्र निष्पक्ष छ : गृहमन्त्री लेखक

  २२ घण्टा अगाडि

काठमाडौँ, १८ फागुन : गृहमन्त्री रमेश लेखकले नागरिक स्वतन्त्रता, विधिको शासन र मानवअधिकारको सुनिश्चितता गर्न कानुन कार्यान्वयका लागि गृह मन्त्रालयका संयन्त्र निष्पक्ष रुपमा परिचालन गरिएको दाबी गर्नुभएको छ । राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले स्रोत र साधनको सीमितताको बिच कार्यसम्पादन गर्नु परिरहेको हुँदा कतिपय विषयमा अपेक्षाअनुरुप काम हुन नसकेको समेत बताउनुभयो ।

जनताले अनुभूत गर्नेगरी शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा गृह मन्त्रालय संवेदनशील र गम्भीर भएर काम गरिरहेको उहाँको भनाइ छ । उहाँले मनसुनजन्य विपद् एवं भूकम्पबाट भएको क्षतिको पुनःस्थापना र क्षतिको पुनःनिर्माणको कामले लय समातेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘मनसुनजन्य विपद् एवं भूकम्पबाट भएको क्षतिको पुनःस्थापना र क्षतिको पुनःनिर्माणको कामले लय समातेको छ । नेपालको संविधान तथा कानुनद्वारा प्रत्याभूत नागरिक स्वतन्त्रता, विधिको शासन, मानव अधिकार लगायत लोकतान्त्रिक मूल्यमान्यता सम्मान गर्नेगरी कानुन कार्यान्वयमा गृह मन्त्रालयका संयन्त्र निष्पक्ष रुपमा परिचालन गरिएको छ । स्रोत र साधनको सिमितताकोबिच कार्य सम्पादन गर्नु परिरहेको हुँदा पक्कै पनि कतिपय विषयमा अपेक्षाअनुरुप काम हुन नसकेको होला । तर पनि सबैको साथ र सहयोगबाट उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरेर जनताले अनुभूत हुनेगरी शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा म र मेरा मन्त्रालय गम्भीर र संवेदनशील ढङ्गबाट काम गरिरहेको छ ।’’

उहाँले मुलुकमा सुशासन र विधिको शासन कायम गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया