काठमाडौं, १८ फागुन : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ७० पैसा र बिक्रीदर १४० रुपियाँ ३० पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १४५ रुपियाँ २४ पैसा र बिक्रीदर १४५ रुपियाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपियाँ ८४ पैसा र बिक्रीदर १७६ रुपियाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपियाँ ७३ पैसा र बिक्रीदर १५५ रुपियाँ ४० पैसा कायम गरिएको छ ।
यसैगरी, अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८२ पैसा र बिक्रीदर ८७ रुपियाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ७८ पैसा र बिक्रीदर ९७ रुपियाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ६० पैसा र बिक्रीदर १०४ रुपियाँ ०४ पैसा निर्धारण भएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ २९ पैसा र बिक्रीदर नौ रुपियाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १९ पैसा र बिक्रीदर १९ रुपियाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २५ पैसा र बिक्रीदर ३७ रुपियाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ३३ पैसा र बिक्रीदर ३८ रुपियाँ ५० पैसा कायम भएको बैंकले जनाएको छ ।
यस्तै, थाई भाट एकको खरिददर चार रुपियाँ ०९ पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ०४ पैसा र बिक्रीदर ३८ रुपियाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ३१ पैसा र बिक्रीदर ३१ रुपियाँ ४४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५७ पैसा र बिक्रीदर नौ रुपियाँ ६१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ९८ पैसा र बिक्रीदर १३ रुपियाँ ०४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ४७ पैसा र बिक्रीदर १९ रुपियाँ ५६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ९६ पैसा र बिक्रीदर १८ रुपियाँ ०४ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपियाँ ३५ पैसा र बिक्रीदर ४५४ रुपियाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ ६६ पैसा र बिक्रीदर ३७२ रुपियाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रुपियाँ ८६ पैसा र बिक्रीदर ३६४ रुपियाँ ४२ पैसा निर्धारण गरेको छ । त्यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।रासस