स्वदेशमा नै रोजगारी सृजना गर्नुपर्नेमा जोड

  ६ घण्टा अगाडि

काठमाडौँ, ११ फागुन : राष्ट्रियसभाका सांसद उर्मिला अर्यालले अन्य देशसँग भर पर्नेभन्दा देशको अर्थतन्त्र सशक्त बनाउनुपर्ने बताउँदै उहाँले देशको स्रोतसाधन परिचालन गरी देशमा रोजगारी सृजना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बजेट परिचालनलाई पारदर्शी बनाउँदै अनुदान रकमको सदुपयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँले स्वाभिमान अर्थतन्त्रको निर्माणभन्दा पनि वैदेशिक रोजगारी, विप्रेषणमा मात्र भरपर्न नहुने बताउनुभयो ।

सांसद शारदादेवी भट्टले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत प्रकृति लम्साललाई न्याय दिलाउनुपर्ने माग गर्नुभयो ।

उहाँले महिलामाथि हुने हिंसा अन्त्य गर्नुपर्ने माग गर्दै “दुःखका साथ भन्नुपर्छ, निर्मला पन्थ, प्रकृति लम्साल, रिङ्कुकुमारी सदा जस्ता धेरैले अनाहकमा ज्यान गुमाउनु परेको छ ”, भन्नुभयो ।

सरकारले हालै जारी गरेका अध्यादेशको विरोध उपयुक्त नभएको तर्क गर्दै उहाँले सबै मिलेर तिनलाई पारित गर्नुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रियसभाका बारेमा हालै दिएको अभिव्यक्तिप्रति उहाँले आपत्ति जनाउनुभयो ।

तपाईको प्रतिक्रिया