बेइजिङ, ६ फागुन : चीन विज्ञान तथा प्रविधि सङ्घ (कास्ट) का अनुसार विगत तीन वर्षमा चीनमा १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू स्थापना भएका छन् ।
संस्थाहरूमा अन्तर्राष्ट्रिय हाइड्रोजन फ्युल सेल एसोसिएसन, विश्व रोबोट सङ्गठन, युवा वैज्ञानिकको विश्व सङ्घ र एशिया सिमुलेशन महासङ्घ समावेश छन् ।
कास्ट नेटवर्क भित्र दुई हजार भन्दा बढी विशेषज्ञहरूले अन्तर्राष्ट्रिय संस्थाहरूमा कार्यरत रहेका छन् ।
कास्टले अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदान, विज्ञान लोकप्रियता र शिक्षामा सहयोग लगायत धेरै डोमेनहरूमा अन्तर्राष्ट्रिय समकक्षहरूसँग सहयोग सुदृढ गरेको छ ।
कास्टको अनुसार, सन् २०२४ मा धेरै शैक्षिक संस्थाहरूले चीनमा एक हजार भन्दा बढी अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना गरे ।
संस्थाले सन् २०२५ मा विदेशी वैज्ञानिक समुदायसँग व्यावसायिक आदानप्रदानका लागि निरन्तरता दिने र अन्तर्राष्ट्रिय गैर–सरकारी वैज्ञानिक सहयोग विस्तार गर्ने बताएको छ । रासस, सिन्ह्वा