उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा

  फागुन ०२, २०८१

काठमाडौँ, २ फागुन : उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास, बालुवाटारमा जारी छ।

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेता बैठकमा सहभागी हुनुहुन्छ।

बैठकमा सरकार सञ्चालनका विषय, संसद् प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

यसअघि यसै साता दुई पटक संयन्त्रको कार्यदलको सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया