‘चुनाव लड्ने, जित्ने र सरकार बनाउनेमात्र माओवादी केन्द्रको कार्यदिशा होइन’

  १८ घण्टा अगाडि

खोटाङ, २८ माघ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चुनाव लड्ने, जित्ने र सरकार बनाउनेमात्र आफ्नो पार्टीको कार्यदिशा नभएको बताउनुभएको छ ।

पार्टीको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङको दोस्रो नगर अधिवेशन उद्घाटन गर्दै आज उहाँले माओवादी केन्द्र जनअधिकार र सुविधाका लागि सरकार, सदन र सडक गरी तीनै मोर्चाबाट लडिरहने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीले क्रान्ति छाडेको छैन । प्राप्त उपलब्धिहरूको रक्षा गर्दै सामाजिक रूपान्तरणका लागि लडिरहेको छ ।”

नेता श्रेष्ठले आफ्नो पार्टीको ध्यान सरकार ढाल्ने र बनाउनेमा नभइ राष्ट्रिय स्वाधिनता तथा संविधानको रक्षा, शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न र सामाजिक रूपान्तरणमा केन्द्रित रहेको जिकिर गर्नुभयो । उहाँले वर्तमान सरकारले ल्याएको अध्यादेश संसद्बाट पारित हुन नहुनेसमेत बताउनुभयो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य समिता कार्की र दुर्गाजयन्ती राई, केन्द्रीय सदस्य ध्रुब बुढाथोकीलगायतले सम्बोधन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया