विकास–निर्माणका कामलाई प्राथमिकता दिन सांसद भण्डारीको आग्रह

  ४ घण्टा अगाडि

गुल्मी, २६ माघ : सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीले विकास–निर्माणका कामलाई प्राथमिकतामा राख्न स्थानीय तहका निकायहरुलाई अनुरोध गर्नुभएको छ ।

आज यहाँ विकास– निर्माणसँग सम्बन्धित कार्यालयका प्रमुखहरुसँगको छलफलमा उहाँले सडक, पुलपुलेुसालगायत संरचना बनाउँदा नागरिकलाई मर्का नपर्नेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक विकासका परियोजनालाई कुनै पनि बहानामा ढिलासुस्ती गर्न हुँदैन भन्नुभयो ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इञ्जिनियर सुरेन्द्र गौतमले रिडी–तम्घास र रिडी–बल्कोट सडक आयोजना आयोजनाको हालसम्मको वित्तीय एवं भौतिक प्रगतिको बारेमा जानकारी गराउनु भएको थियो ।

सांसद भण्डारीले रिडी–तम्घास र रिडी बल्कोट सडक आयोजनामा संलग्न निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयसँग पनि छलफल गर्नुभएको थियो ।

त्यस अवसरमा उहाँले दुवै सडकका निम्ति वजेटको अभाव नहुने तथा काम रोक्नुपर्ने अवस्था उत्पन्न हुन नदिन आफूले सम्बनिधत निकायसँग निरन्तर सम्पर्क एवं समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया