इस्लामाबाद, २५ माघ (रासस/सिन्ह्वा) : पाकिस्तानी सुरक्षा बलले शुक्रबार देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान आदिवासी जिल्लामा गरिएको कारबाहीमा तीन लडाकु मारिएको दाबी गरेको छ ।
पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले बिहीबार राति जिल्लाको दत्ता खेल क्षेत्रमा लडाकुको उपस्थितिको सूचनाको आधारमा गुप्तचरमा आधारित अपरेशन सुरु गरेको एक विज्ञप्तिमार्फत जनाएको छ ।
अपरेशन सञ्चालनको क्रममा, सेनाले महिलाको पहिरन लगाएर भाग्न खोजिरहेका लडाकुहरूलाई प्रभावकारी रूपमा मारेको थियो ।
सुरक्षा बलहरूले मारिएका लडाकुबाट हतियार र गोलाबारुद पनि बरामद गरे, जो यस क्षेत्रमा धेरै आतङ्ककारी गतिविधिहरूमा सक्रिय रूपमा संलग्न थिए ।
आईएसपीआरले यस क्षेत्रमा फेला परेका कुनै पनि लडाकुहरूलाई हटाउनको लागि अपरेसन गरिएको जनाएको छ । पाकिस्तानका सुरक्षा बलहरू देशबाट आतङ्कवादको खतरा हटाउन कटिबद्ध रहेको बताएको छ ।