परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धनगढीमा

  ३ घण्टा अगाडि

धनगढी, २५ माघ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी आइपुग्नु भएको छ ।नेपाली कांग्रेसको जिल्ला सम्मेलन उद्घाटनका लागि शुक्रबार बिहान उहाँ धनगढी आइपुग्नु भएको हो । बुद्ध एयरको नियमित उडानबाट उहाँ धनगढी आउनुभयो ।

परराष्ट्रमन्त्री राणालाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरु, प्रदेश सभा सदस्यलगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताले धनगढी विमानस्थलमा स्वागत गर्नु भएको थियो ।गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया