मान्म (कालीकोट), २५ माघ : कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
नरहरिनाथ–८ लालु गाउँबाट फर्किने क्रममा बिहीबार राति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको ट्रक दुर्घटना हुँदा नरहरिनाथ–५ रुप्साका ४५ वर्षीय गङ्ग देउवाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो ।
घाइते देउवालाई प्रहरीले भीरबाट निकालेर उपचारका लागि सदरमुकाम मान्म लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियो । ट्रक चालक हाम फालेर बाँच्न सफल भएका छन् ।