अध्यादेशबाट शासन गर्ने क्रम रोकिनुपर्छ : सांसद पुन

  ९ घण्टा अगाडि

काठमाडौँ, २४ माघ : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले अध्यादेशबाट शासन गर्ने क्रम रोक्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको विशेष समयमा उहाँले संसद्का समितिमा छलफलमा रहेका बेला प्रक्रिया पूरा नगरी अध्यादेश ल्याइएकामा आपत्ति जनाउनुभयो ।

सांसद पुनले संसद्को अवहेलना सहेर बस्ने अवस्था नहुने उल्लेख गर्दै सबै दलले आत्मसमीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । महँगी र व्यापार घाटा बढेकाले यस्ता जनसरोकारका मुद्दामा सरकारको ध्यान जान नसकेको बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दलको नेताले संसद्मा बोल्दा प्रधानमन्त्री उपस्थित हुनुपर्ने संसदीय संस्कृतिलाई भुल्न थालिएकामा उहाँले आपत्ति जनाउनुभयो । नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना गरिनुपर्ने सांसद पुनको माग थियो ।

सर्लाहीको बरहथवामा प्रेम विवाह गरेका जोडी सत्येन्द्र र नेहाको घटनाका बारेमा छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन उहाँले माग गर्नुभयो । डढेल्धुराको रङ्गुन नदीमा समयमै पुल निर्माण गर्न तथा रोल्पालगायतका जिल्लामा पुराना आयोजना समयमै निर्माण सम्पन्न गर्न सांसद पुनले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

तपाईको प्रतिक्रिया