प्रविधिलाई अगाडि बढाउनुपर्छ : पूर्व राष्ट्रपति भण्डारी

  ५ घण्टा अगाडि

धरान, १८ माघ : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई अगाडि बढाए देश अगाडि बढ्ने बताउनु भयो ।

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा छैटौँ संस्करण डेल्टा ५.० महोत्सवको उदघाटन गर्नु हुँदै उहाँले उक्त कुरा बताउनु भएको हो । इतिहासमा नेपाल प्रविधिमा अगाडि रहेको पुष्टि सय वर्ष पहिले बनिएका ढुङ्गे धाराहरुबाट समेत हुने बताउनुभयो । “तर समय सँगै हाम्रो सिपलाई प्रविधिसँग जोड्न नसक्दा आज कृषि र बनका साढे तिन खर्बका सामग्र्रीहरु भित्रिरहेको बताउनु भयो ।’’

हाम्रो सोचलाई शिक्षामार्फत प्रविधिसँग जोड्न नसक्दा आज हामी पछाडि छौं तथापि अब चनाखो भएर अगाडि बढ्नु पर्ने पूर्व राष्ट्रपति भण्डारीले बताउनुभयो । यसका लागि सधैं अभिभाकत्व भएर सहयोग गर्ने उहाँले बताउनु भयो ।

यस महोत्सवबाट प्राविधिक ईन्जिनियरका विविध विधाका विद्यार्थीहरुको सिर्जना, प्रतिभाको उजागर हुने भएकाले यसबाट व्यवस्थापन अभिवृद्धिमा महत्वपूर्ण भमिका रहने पुर्व राष्ट्रपति भण्डारीका् भनाइ छ ।

यो महोत्सव इन्जिनियरिङ संकायका विद्यार्थीहरूका लागि सबैभन्दा ठूलो तथा प्रतिष्ठित कार्यक्रम रहेकाले ‘कृषि, प्रविधि र नवप्रवर्तन’ लाई मुख्य विषय बनाइएको क्याम्पस प्रमुख ईन्जिनियर काजिराम कार्कीले बताउनु भयो । विद्यार्थीहरूलाई प्रविधि र नवप्रवर्तनमा संलग्न गराएर बौद्धिक विकासमा सहयोग पुरÞ्याउने उहाँले बताउनुभयो । कृत्रिम बुद्धिमत्ता र स्वचालन, डिजिटल अर्थतन्त्र, स्मार्ट सिटीका लागि इन्जिनियरिङ र विश्वव्यापी समाधानका लागि इन्जिनियरिङ जस्ता उपविषयहरू समावेश गरिएको उहाँको भनाइ छ ।

यसबाट विश्वविद्यालय र विद्यार्थीहरूलाई प्रविधिमा अगाडि बढ्न प्रेरित गर्ने स्ववियु सभापति नविन श्रेष्ठले बताउनुभयो ।

क्याम्पसको ७ फ्याकल्टीका विद्यार्थीको संस्था डेल्टा ५.० ले टेक्नोलोजी फर एग्रीकल्चर एण्ड इनोभेसन थिम कृषिमा प्रविधिको नवीनताको प्रयोग सम्बन्धी अवधारणा सार्वजनिक गरेको छ ।

मुख्य विषयवस्तु कृषिमा प्रविधिको नवीनतम प्रयोगका ५ वटा विषयवस्तुमा आधारित प्रविधिहरू एआई र स्वचालन, प्रविधिमा नवीनता, डिजिटल अर्थ व्यवस्था, स्मार्ट शहरको परिकल्पना, ग्लोबल समस्या समाधानमा ईन्जिनियरिङ रहेको छ । गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया