एमालेले संसदीय दलको बैठक बोलायो

  माघ १३, २०८१

काठमाडौँ, १३ माघ : नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले संसदीय दलको बैठक बोलाएको छ । एमालेका प्रतिनिधिसभाका मुख्य सचेतक महेश बर्तौलाले यही माघ १५ गते नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिनुभयो ।

उहाँले बैठकमा यही माघ १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी र आगामी संसद् अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया