काबुल, १३ पुस, (रासस/सिन्ह्वा) : अफगानिस्तानको राजधानी काबुलमा शनिबार बिहान आन्तरिक मन्त्रालय नजिकै भएको विस्फोटमा कम्तीमा चार जना घाइते भएका एक प्रहरी अधिकारीले बताएका छन् ।
काबुल प्रहरी प्रमुखका प्रवक्ता खालिद जद्रानले भन्नुभयो,“काबुलको आन्तरिक मन्त्रालय नजिकै रहेको शेख जायद अस्पतालको अगाडि विस्फोट हुँदा चार जना घाइते भएका छन् ।”
जद्रानका अनुसार घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।
विस्फोटको जिम्मेवारी कुनै समूहले लिएको छैन ।