काठमाडौं, १२ पुस : काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले नेपालमा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा काटेश्वर महोत्सवको उद्घाटन कार्यक्रममा उहाँले नेपाली उत्पादनलाई बजारीकरण गर्न जरुरी रहेको बताउनुभएको हो । उहाँले कोटेश्वर महोत्सवको एउटै उद्देश्य यहाँको बजारलाई अझ प्रवर्द्धन गर्नु रहेको बताउनुभयो । उहाँले नेपालमा उत्पादन भएका सामग्रीलाई बजार विस्तार गर्नका लागि महोत्सव महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।
‘‘महोत्सवको एउटै उद्देश्य छ, त्यो भनेको यहाँको बजारलाई अझ प्रवर्द्धन गर्नु रहेको छ । सँगै नेपालमा उत्पादन भएका सामग्रीलाई बजार विस्तार गर्नका लागि पनि यो महोत्सव एकदमै महत्त्वपूर्ण छ । त्यसकारण पनि आजको यो महोत्सवमा धेरैभन्दा धेरै व्यवसायीले आफ्नो व्यवसाय बजारसम्म जोड्न ठाउँ पाओस् ।,’’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘‘कुनै न कुनै हदमा यो व्यवसाय सङ्घले आफ्नो व्यवसाय फस्टाउन महोत्सव गरिएको छ । त्यो विस्तृत रूपमा अघि बढोस् । नेपाली सामग्रीहरू, नेपालमै उत्पादन भएका सामग्रीहरू किनौँ, प्रोत्साहन गरौँ ।’’
उहाँले महोत्सवमा धेरैभन्दा धेरै व्यवसायीहरूले आफ्नो व्यवसाय बजारसम्म जोड्न पाउने बताउनुभयो । उहाँले नेपालमै उत्पादित सामग्रीहरू किन्न र प्रयोग गर्न आग्रह गर्नुभयो ।