भारतको वन क्षेत्रमा वृद्धि : प्रतिवेदन

  १५ घण्टा अगाडि

नयाँ दिल्ली, ९ पुस, (रासस/सिन्ह्वा) : भारतको वन र रूखहरू सन् २०२१ यता एक हजार ४४५ वर्ग किलोमिटरले बढेको छ ।

शनिबारको आधिकारिक प्रतिवेदनले कुल आठ लाख २७ हजार ३५७ वर्ग किलोमिटर अर्थात् देशको भौगोलिक क्षेत्रफलको २५.१७ प्रतिशत पुगेको देखाएको छ ।

भारतीय वन मन्त्रालय अन्तर्गतको संस्था वन सर्वेक्षणले जारी गरेको भारतको वन राज्य प्रतिवेदन सन् २०२३ अनुसार अहिले वन क्षेत्र सात लाख १५ हजार ३४३ वर्ग किलोमिटर (२१.७६ प्रतिशत) रहेको छ ।

छत्तीसगढ (६८४ वर्ग किमी), उत्तर प्रदेश (५५९ वर्ग किमी), ओडिशा (५५९ वर्ग किमी) र राजस्थान (३९४ वर्ग किमी) सबैभन्दा बढी वन, रुख क्षेत्रमा वृद्धि आएका राज्यहरू हुन् ।

तपाईको प्रतिक्रिया