कोलम्बो, ३ पुस, (रासस/सिन्ह्वा) : श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले बुधबार श्रीलङ्का सरकारले देशको विदेशी मुद्रा सञ्चितिलाई सन् २०२८ सम्ममा १५.१ अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको बताउनुभएको छ ।
दिसानायकेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको तलबमा कर छुटको सीमा एक लाख (करिब ३४५ अमेरिकी डलर) बाट बढाएर एक लाख ५० हजार (करिब ५१७ डलर) पु¥याउने सहमति भएको बताउनुभयो ।
उहाँले आईएमएफले सेवा निर्यातमा लाग्ने कर हालको ३० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा पु¥याउन सहमत भएको जानकारी दिनुभयो ।
उहाँले थप्नुभयो,“सरकारले सन् २०२५ फागुन १ देखि व्यक्तिगत प्रयोजनका लागि सवारी साधन आयात गर्न दिने निर्णय गरेको छ । यात्रु बस र विशेष प्रयोजनका सवारीसाधनमाथिको आयात प्रतिबन्ध मङ्सिर १४ गतेअघि नै फुकुवा भइसकेको छ ।”