काठमाडौँ, २९ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल)को आज भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौँ गुर्खाज सामु जितका लागि एक सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३८ रन बनाएको हो ।
पोखराका लागि रेमन रेफरले ३० बलमा तीन छक्का र एक चौकाको मद्दतले ४१ रन बनाए । यस्तै, दिनेश खरेलले ३८ र दिलीप नाथले २७ रन बाहेक अन्य खेलाडीले दोेहोरो अङ्कको रन जोड्न सकेनन् । उसका लागि गोमेलले आठ, कप्तान कुशल भुर्तेलले सात, विपीन खत्रीले चार, सागर ढकाल र माइकल लीस्कले समान एक-एक रन जोडे । पोखराले अतिरिक्त ११ रन प्राप्त ग-यो ।
काठमाडौँका लागि कप्तान करण केसी र रासिद खानले समान तीन-तीन विकेट लिए । यस्तै, गेर्हार्ड इरास्मस र माइकल लेविटले एक÷एक विकेट लिए । अहिले काठमाडौँले जवाफी ब्याटिङ गरिरहेकोे छ ।