अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा

  मंसिर २३, २०८१

काठमाडौँ, २३ मङ्सिर : सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउनुभएको छ ।

आफ्नो दक्षिण एशिया भ्रमणका क्रममा उहाँले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

उहाँको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता क्षेत्रमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने बताइएको छ ।

तपाईको प्रतिक्रिया